+

काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस अनुभवी खेलाडी फुल्डेन उराल

२०८१ असोज  ११ गते १०:०२ २०८१ असोज ११ गते १०:०२
काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस अनुभवी खेलाडी फुल्डेन उराल

११ असोज, काठमाडौं । काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि  टर्किस अनुभवी खेलाडी फुलडेन उराललाई अनुबन्ध गरेको छ ।

दायाँ हाते आउटसाइड हिटर फुल्डेन उराल बिहीबार नेपाल आइपुगिसकेकी छन् । फुल्डेन बलियो आक्रामक र रक्षात्मक क्षमताका लागि परिचित छिन् ।

उरालले भलिबल नेसन्स लिग २०१८ लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेकी छिन् ।

क्लब स्तरमा भने उनले टर्किस महिला भलिबल लिगमा धेरै सिजन खेलिसकेकी छन् । उनले टर्कीका केही शीर्ष भलिबल टोलीहरूको प्रतिनिधित्व गर्दै सीईभी कप २०२२/२३, च्यालेन्ज कप २०२१/२२ र बीभीए कप २०१४/१५ मा पनि भाग लिएकी छन् ।

काठमाडौं स्पाइकर्समा आबद्ध १८६ सेन्टिमिटर उचाइकी उराल सबैभन्दा अनुभवी खेलाडी हुन् ।

काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले उरालको आगमनपछि टिम बलियो बनेको बताइन् । ‘फुल्डेन उराललाई आफ्नो टोलीमा सामेल गर्न पाउँदा हामी खुशी छौं । हामीले एभरेष्ट महिला भलिबल लिगको यस सिजनमा बलियो प्रतिष्पर्धा गर्ने लक्ष्य राखेका छौं । त्यसैले हामीलाई विश्वास छ अन्तर्राष्ट्रिय र क्लब स्तरका प्रतियोगिताहरू खेलेको उनको लामो अनुभवले हाम्रो टोलीलाई विशेष फाइदा हुनेछ ।’

काठमाडौँ स्पाइकर्समा अनुबन्ध भएसँगै फुलडेन उरालले आफ्नो उत्साह व्यक्त गरिन्, ‘काठमाडौं स्पाइकर्सको हिस्सा हुन पाउँदा म खुशी छु । म आफ्नो अनुभव नेपालमा ल्याएर टोलीका लागि यस रोमाञ्चक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तत्पर छु ।’

फुलडेन उराल भित्रिएपछि काठमाडौं स्पाइकर्सले पहिलो सिजनमा सफलता हात पार्ने विश्वास राखेको छ । काठमाडौंले यसअघि नै बुल्गेरियाकी सेटर आन्द्रे टिसेतानोभा र टर्किस अपोजित हिटर पेलिन एरोक्टालाई अनुबन्ध गरिसकेको छ ।

नेपाली महिला राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारी छिन् ।

काठमाडौं टिम : उषा भण्डारी, कमला पुन, आरती सुवेदी, कोपिला राना, उषा विष्ट, निशा महरा, बसन्ती साउद, रश्मिता दुरा, रितिका भट्ट (ट्यालेन्ट हन्ट),

विदेशी खेलाडी :  आन्द्रे टिसेतानोभा, पेलिन एरोक्टा, फुल्डेन उराल

एभरेष्ट महिला भलिबल लिग काठमाडौं स्पाइकर्स नेपाली भलिबल भहिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१