+

प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता हुने

२०८१ असोज  ११ गते ११:२१ २०८१ असोज ११ गते ११:२१
प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता हुने

११ असोज, काठमाडौं । प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।

झापा १ सांसद सचिवालय, काठमाडौं तथा नेपाली कांग्रेस झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौँको आयोजनामा हुने प्रतियोगिता असोज १३ गते शनिवार डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुनेछ ।

प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन । ३० वर्ष मुनीका खेलाडी सहभागी हुने फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का ७ वटा टिम बीच प्रतिस्पर्धा हुने बयोजकले जनाएको छ ।

जसमा क्षेत्र नं. १ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडी बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १ काठमाडौं सम्पर्क समितिका प्रमुख प्रज्वल कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारबीच मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता अग्नि खरेल, एलपी साँवा, सहितका नेताहरू खेल्नेछन् भने कलाकारकातर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत भिड्नेछन् ।

साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं. १ क र ख का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौं आइ बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरुलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।

‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१