+

प्रत्येक दम्पतीले जान्नुपर्छ गर्भ निरोधकका यी ५ कुरा

२०८१ असोज  ११ गते १३:४७ २०८१ असोज ११ गते १३:४७
प्रत्येक दम्पतीले जान्नुपर्छ गर्भ निरोधकका यी ५ कुरा

गर्भ निरोधकका लागि औषधि, यन्त्र र शल्यक्रिया तीनवटा विधि अपनाइन्छ । यी तीनवटा विधिमध्ये धेरैले प्रयोग हुने गर्भ निरोधक चक्की हो । किनकि यस्ता औषधि सुरक्षित हुन्छन् र यसको मूल्य पनि कम हुन्छ ।

गर्भ निरोधक चक्कीहरूमा इस्ट्रोजेन वा प्रोजेस्टोजेन हुन्छ र यिनीहरूले गर्भावस्था रोक्नमा काम गर्छन् । तर गर्भ निरोधक चक्कीको बारेमा समाजमा धेरै गलत धारणा व्याप्त छन्, जसले गर्दा यसको प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा दम्पतीमा भ्रम पैदा गर्न सक्छ ।

प्रजनन् उमेरका महिला र पुरुषहरूलाई गर्भ निरोधका सबै विधिको बारेमा सही जानकारी हुन जरुरी छ, ताकि उनीहरूले सही निर्णय लिन सकुन् ।

गर्भ निरोधक चक्कीको सेवनले तौल बढ्छ ?

गर्भ निरोधक चक्की खाँदा तौल बढ्ने कुराको कुनै प्रमाण छैन, किनभने अहिलेसम्म कुनै पनि अनुसन्धानमा यो पुष्टि भएको छैन । त्यसैले गर्भ निरोधक औषधि सेवन गर्दा मोटोपन बढ्छ भन्ने चिन्ता गर्नु पर्दैन र यसको सेवन गर्न डराउनु पर्दैन । कुनै पनि प्रकारको गर्भ निरोधक औषधि लिनुअघि आफ्नो डाक्टरसँग राम्ररी परामर्श लिनुपर्छ र त्यसपछि मात्र यी औषधि सेवन गर्नुपर्छ ।

के गर्भ निरोधक चक्कीले प्रजनन क्षमता घटाउँछ ?

अहिलेसम्म गर्भ निरोधक चक्की र बाँझोपनबीच कुनै सम्बन्ध भेटिएको कुनै पनि अनुसन्धान वा अध्ययन प्रकाशमा आएको छैन । गर्भ निरोधक चक्कीहरू सेवन गर्दा प्रजनन् क्षमतामा कुनै पनि प्रकारले असर गर्दैन ।

इन्टरनेसनल पर्स्पेक्टिभ्स अन सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थ जर्नलमा प्रकाशित सन् २०१५ को अध्ययनले यो मिथ (गलत धारणा) गर्भ निरोधक चक्की प्रयोग गर्ने महिलाबाट उत्पन्न भएको हुनसक्छ भनी बताउँछ । यो औषधि सुरु गरेपछि कतिपय महिलाले डिम्ब निष्कासन र महिनावारी पुनः सुरु हुन केही ढिलाइ भएको अनुभव गर्न सक्छन् । तर यो समस्या पनि औषधि खान छाडेपछि चाँडै समाधान हुन्छन् ।

गर्भ निरोधक चक्की सेवन गर्दा केही फाइदाहरू पनि हुन सक्छन् । यसले महिलाको मासिक धर्मचक्र नियमित गर्छ, जसले प्रजनन् क्षमता बढाउँछ । यसले मुड स्वीङ जस्ता समस्यालाई कम गर्छ ।

गर्भ निरोधक विधिले पनि पेट दुख्ने वा पिरियड क्र्याम्पिङ जस्ता समस्या पनि कम गर्न मद्दत गर्छ ।

गर्भ निरोधक चक्की प्रयोग गर्दा क्यान्सरको खतरा बढ्छ ?

अनिच्छित गर्भ रोक्न प्रयोग गरिने गर्भ निरोधक चक्कीले क्यान्सरको जोखिम बढाउँछ भन्ने सोच राखेको हुन्छ । सबै प्रकारका गर्भ निरोधक चक्कीको प्रयोगले क्यान्सरको जोखिम बढाउँदैन ।

गर्भ निरोधक विधिको निरन्तर र अत्यधिक प्रयोगले स्तन र पाठेघरको क्यान्सर लगायत धेरै समस्या निम्त्याउन सक्ने सम्भावना रहन्छ । तर महिलामा गर्भ निरोधक चक्कीको प्रयोग र क्यान्सरको जोखिमबारे गरिएको अनुसन्धानका अनुसार चिकित्सकको सल्लाह अनुसार र राम्ररी सेवन गर्ने महिलामा डिम्बाशयको क्यान्सरको जोखिम कम हुन्छ ।

गर्भ निरोधक चक्की खाएपछि तुरुन्तै काम गर्न थाल्छ

गर्भ निरोधक चक्की गर्भावस्था रोक्न प्रभावकारी साबित हुन यी मौखिक गर्भ निरोधक चक्कीले प्रभावकारी तरिकाले काम गर्न एक हप्ता लाग्छ र महिनावारी सुरु भएको पाँच दिनभित्र त्यस्ता चक्की सुरु गर्न आवश्यक छ ।

यस्तो किनभने गर्भ निरोधक चक्कीमा रहेको हर्मोनले डिम्ब निष्काशन रोक्न र महिलाको शरीरमा प्राकृतिक हर्मोनसँग अन्तरक्रिया गर्न लगभग सात दिन लाग्छ । यससँग सम्बन्धित थप जानकारीका लागि विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ वा चक्कीसँग प्रदान गरिएका निर्देशन राम्ररी पढ्नुपर्छ ।

एन्टिबायोटिक सेवन गरिरहेकाले गर्भ निरोधक लिनु हुँदैन ?

एन्टिबायोटिकले गर्भ निरोधक चक्कीको प्रभावलाई कत्ति पनि कम गर्दैन र दुवै औषधि पूर्ण रूपमा प्रभावकारी हुन्छन् । त्यसैले एन्टिबायोटिक औषधि र गर्भ निरोधक चक्की एकै पटक प्रयोग गर्न डराउनु पर्दैन । यसले एक अर्को औषधिको प्रभावकारिता कुनै पनि असर गर्दैन ।

गर्भ निरोधक डा. ज्ञानु तिमल्सिना दम्पती स्वास्थ्य समस्या
लेखक
डा. ज्ञानु तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

5 Stories
पायल्स रोगीले खुर्सानी खान हुन्छ कि हुँदैन ?

पायल्स रोगीले खुर्सानी खान हुन्छ कि हुँदैन ?

- अनलाइनखबर २०८१ असोज १३ गते १६:३०
8 Stories
८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

- अनलाइनखबर २०८१ असोज १३ गते १३:००
7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९

फिचर

प्रत्येक दम्पतीले जान्नुपर्छ गर्भ निरोधकका यी ५ कुरा

प्रत्येक दम्पतीले जान्नुपर्छ गर्भ निरोधकका यी ५ कुरा

गर्भावस्थाको लक्षण नदेखिनु गर्भपातको संकेत हो ?

गर्भावस्थाको लक्षण नदेखिनु गर्भपातको संकेत हो ?

सनस्क्रिन किन लगाउने ?

सनस्क्रिन किन लगाउने ?

स्लीप स्टडी टेस्ट किन गरिन्छ ?

स्लीप स्टडी टेस्ट किन गरिन्छ ?

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?