+
+

सोनु निगमले काठमाडौंमा ब्याण्डसहित कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १२:५१
फाइल तस्वीर

काठमाडौं । भारतीय गायक सोनु निगमले नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । क्रिसमस अवसरमा पुस १० गते काठमाडौंमा उनले एकल प्रस्तुति दिन लागेको जनाइएको छ ।

इभेन्ट म्यानेजमेन्ट कम्पनी नेपाल टचले निगमलाई नेपाल ल्याउन लागेको हो । यो कम्पनीले यसअघि विराटनगरमा नेपथ्यको कन्सर्ट आयोजना गरेको थियो । अस्ट्रेलियामा भ्वाइस अफ नेपाल र नेपाल आइडलको सांगीतिक टुर पनि गरिसकेको छ ।

सोनु निगमको नेपालमा यो दोस्रो सांगीतिक प्रस्तुति हुनेछ । दुई दशकअघि काठमाडौंमा आयोजित एक समारोहमा उनले प्रस्तुति दिएका थिए । यसपटक भने ब्याण्डसहित सोलो पर्फमेन्स हुन लागेको नेपाल टचले जनाएको छ ।

चाँडै टिकट बुकिङ खुलाइने जनाइएको छ । केही फिल्ममा अभिनय समेत गरेका सोनु निगम भारतका लोकप्रिय पार्श्व गायक तथा संगीतकार हुन् । उनले भारतको चौथो सर्वोच्च सम्मान पद्मश्री प्राप्त गरेका छन् ।

सन् २००४ मा उनले झरना ब्रजाचार्यसँग फिचर फिल्म ‘लभ इन नेपाल’मा पनि अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?