+
+

ऋचा शर्मा अभिनित फिल्म ‘सारंग’ मंसिर ७ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १३:१७

काठमाडौं । बाल मनोविज्ञान, बालअधिकार, धनी र गरिब परिवारबीचको आर्थिक असमानताको कथावस्तुमा निर्माण भएको फिल्म ‘सारंग’को प्रदर्शन मिति तय भएको छ ।

निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्म मंसिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको जनाएका छन् । नृत्य निर्देशक समेत रहेका प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति तोकिएको हो ।

पोस्टरमा कलाकार ऋचा शर्मा, उत्पल झा, सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । फिल्ममा समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागरजंग केसी, विश्व स्याङ्वो, प्रभातजंग लगायतको अभिनय हुनेछ ।

दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको छायांकार गोपाल राय हुन् भने सम्पादन मित्रध्वज गुरुङले गरेका छन् । गीत डीपी खनालले लेखेका हुन्, संगीत शंकर थापा ‘स्माइल’को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?