+
+

जीडीपीमा पर्यटनको योगदान बढाउन चाहेका छौं : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १३:२९

११ असोज, काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन चाहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बताएका छन् ।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन क्षेत्रको जीडीपी बढाउन निजी क्षेत्रले सहयोग हुनुपर्ने बताएका हुन् ।

‘हामी हाम्रो विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढ्नेछौँ । हामी हाम्रो जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहन्छौँ । निजी क्षेत्र अघि नलागेसम्म हाम्रो मन्त्रालयले कुनै काम गर्न सक्दैन’, उनले भने, ‘निजी क्षेत्र अघिअघि र हाम्रो मन्त्रालय पछिपछि हुन्छ ।’

त्यसका लागि सरकारले आवश्यक नीति, कानुनन बनाउन तयार रहेको मन्त्री पाण्डेले बताए । ‘हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानुन बनाउने अधिवेशन हुनेछ’, उनले भने ।

त्यस्तै, मन्त्री पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको पनि बताए । ‘कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन’, उनले भने, ‘त्यसका लागि कानुन हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?