+
+

एमएडब्लू वृद्धिले पोखरामा ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १३:३०

पोखरा । नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लू वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ आयोजना गर्ने भएको छ ।

एमएडब्लू वृद्धिले पोखरा इभेन्ट सेन्टरमा १३-१५ असोजसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो ।

यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभूतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’ अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार दिपल एस ०७ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ग्राहकले ४५ लाख ४९ रुपैयाँमा नयाँ सेरेस ३ खरिद गर्न सक्नेछन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउनेछन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् ।

दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा खरिद गर्न सक्नेछन् भने यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउनेछन् ।

यी अफरबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’ को मज्जा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?