+
+

वर्षाले बिथोल्यो काठमाडौंको दिनचर्या (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ असोज ११ गते १३:५३

११ असोज, काठमाडौं । अत्यधिक वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

वर्षाका कारण कामकाजमा हिँड्नुपर्नेहरु समस्यामा परेका छन् । उनीहरूको दिनचर्या नै बिथोलिएको छ ।  पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरु वर्षाका कारण प्रभावित भएका छन् ।

काम जाने र फर्किने क्रममा कतिपय सर्वसाधारणहरू पानीमा रुझ्दै र साथीको छातामा ओत लागेर हिँडिरहेका छन् । साइकलमा सामान बोक्ने, फुटपाथमा ब्यापार गर्ने, ट्राफिक प्रहरीहरु पानी पर्दा पनि आफ्नो काममै जुटिरहेका छन् ।

आगामी २४ घण्टाका लागि देशभर नै मनसुन सक्रिय रहने सम्भावना छ । मौसमविद गोविन्द झाका अनुसार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ ।

ती क्षेत्रमा वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने र कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?