+
+

यो साता साढे ३ प्रतिशत घट्यो बजार, यी हुन् मूल्य धेरै घटबढ भएका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १८:२०

११ असोज, काठमाडौं । यो साता पनि सेयर बजारमा गिरावटले निरन्तरता पायो । गत साता २५७६ अंकमा बन्द भएको बजार यो साता ९० अंक अर्थात् ३.४९ प्रतिशत घटेर २४८६ मा बन्द भयो ।

साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढे पनि सोमबार ५९ र मंगलबार ५८.९३ अंक घट्यो । बुधबार फेरि ४९.१८ अंक बढेको बजार बिहीबार ३२.८१ घट्यो । बजार घट्दा कारोबार रकम पनि घटिरहेको छ ।

बजारमा आइतबार ५ अर्ब ९ करोडको कारोबार भयो । सोमबार ५ अर्ब ६६ करोड, मंगलबार ५ अर्ब ६८ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब ८१ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ८४ करोडको भयो ।

सबै सेक्टर घटे, फाइनान्समा उच्च गिरावट
यो साता सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ८.५ प्रतिशत घट्यो । गत साता पनि यो सेक्टर ११ प्रतिशत घटेको थियो ।

बजारमा कुल १५ फाइनान्स कम्पनी सूचीकृत छन् । यीमध्ये अधिकांश कम्पनीले यो वर्ष लगानीकर्तालाई लाभांश पनि दिन नसक्ने स्थिति छ । ‘लोक्याप’ प्रभावले मूल्य भने धेरैको उच्च छ ।

जसले गर्दा फाइनान्स कम्पनीहरुमा बिक्री चाप बढेको देखियो । यतिबेला लाभांश सिजन पनि हो । फाइनान्स कम्पनीहरु अधिकांशले लाभांश नै दिन नसक्ने स्थिति रहेपछि बजार ओरालो लाग्दा यस क्षेत्रका लगानीकर्ता झनै आत्तिए ।

त्यस्तै हाइड्रोपावर सेक्टर ५ प्रतिशत घट्यो । बैंकिङ सेक्टर अरुभन्दा कम जम्मा १.६ प्रतिशत घट्यो ।

उच्च कारोबार
यो साता रकमका आधारमा धेरै कारोबार भएका टप १० कम्पनीमा अपी पावर, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, गुडविल फाइनान्स, ङादी ग्रुप क्रमशः अगाडि रहे ।

त्यस्तै कारोबार संख्याका आधारमा अपी पावर, हिमालयन रिइन्स्योरेन्स, माथिल्लो तामाकोशी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, निफ्रा, हिमाल दोलखा हाइड्रोपावर, नेपाल फाइनान्स, अरुणभ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, एचआईडीसीएल क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?