+
+

२०८२ लाई ‘कोशी पर्यटन वर्ष’ मनाउने प्रदेश सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १४:२६

११ असोज, विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन्

‘रमणीय कोशी’ भन्ने नाराका साथ आगामी वर्ष २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेको हो । पर्यटन वर्षका लागि सरकारले ८२ का लागि ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको छ ।

नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् ।

मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्राथमिकतामा राखेका थिए । सरकारले पर्यटन वर्षका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा एक अर्ब सात करोड बजेट विनियोजन भएको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । ८२ सालका लागि ८२ स्थान छनोट गरिएको उनले बताए ।

पर्यटन वर्षका लागि भारती नाकाबाट प्रवेश गर्ने  पर्यटनको सवारीमा स्टिकर टास्ने र स्टिकर टासेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?