+
+

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १४:३६

११ असोज, काठमाडौं । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ नेता चुनिएका हुन् ।

६७ वर्षीय इशिबाले २१५ मत पाउँदा उनका प्रतिस्पर्धी शानाइ ताकाचीले १९४ मत पाएकी थिइन् । यदि ताकाचीले जितेको भए उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने थिइन् ।

पहिलो चरणको प्रतिस्पर्धामा त ४३ वर्षका शिन्जिरो कोइजुमी थिए, योे युद्धपछि जापानको इतिहासमा सबभन्दा कम उमेरको प्रधानमन्त्री बन्ने प्रयासमा थिए । कोइजुमीसहित ७ जना उम्मेदवार पहिलो चरणको मतदानबाट बाहिरिए भने दोस्रो चरणमा ताकाची ।

एलडीपीको नेता चुनिएका इशिबाले अर्को साता फुमियो किशिदाको स्थान लिनेछन् । प्रधानमन्त्री किशिदा र उनको सबै मन्त्रीहरुले मंगलबार राजीनामा दिएका थिए ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि लगभग निर्वाध शासन गरेको एलडीपीले आम चुनाव अगाडि नयाँ प्रधानमन्त्री बनाएर जनताको विश्वास जित्न खोजेको मानिएको छ ।

किनकी जापानमा अर्को अक्टोबरमा चुनाव हुनेछ । र, बढ्दो महँगीका साथसाथै कठिन जनसांख्यिक अवस्था र श्रमको मुद्दालाई लिएर जनतामा असन्तुष्टि छ । त्यसमाथि श्रृङ्खलावद्ध भ्रष्टाचार स्क्याण्डलका कारण पार्टीको अप्रभुल रेटिङ निकै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?