+
+

चाडपर्वमा हुन सक्‍ने समस्याबारे एमालेले गरायो कार्यबाहक प्रधानमन्त्रीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १६:४६

११ असोज, काठमाडौं । नेकपा एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले चाडपर्वका बेला हुन सक्ने समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै एमालेले दशैं, तिहार, नेपाल सम्वत्, छठ र इदजस्ता चाडहरुमा हुन सक्ने समस्याहरु सुल्झाउने तयारी गर्न माग राखेको छ ।

‘जनताको हर्ष उल्लासमय बातावरणमा सहयोग पुर्याउन निम्ति कुराहरुमा सरकारको ध्यानाकर्षण होस् भन्दै हाम्रो पार्टी नेकपा एमाले केन्द्रीय विपद व्यवस्थापन तथा स्वयमसेवा विभागको तर्फबाट यो अनुरोध पत्र नेपाल सरकार समक्ष पेश गर्दछौं’, खिमलाल भट्टराई प्रमुख रहेको विभागले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा चाडहरुका बेला घर फर्कने यात्रुहरुका निम्ति सुरक्षित सडक, आवश्यक सार्वजनिक सवारी, संभावित दुर्घटनाको उद्धार तथा उपचार जस्ता व्यवस्था मिलाउन माग गरिएको छ ।

यात्रु तथा सर्वसाधरण नठगिने व्यवस्था मिलाउन आवश्यक अनुगमन गर्न पनि माग गरिएको छ ।

हेर्नुहोस् ध्यानाकर्षण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?