+
+

‘आईएमई पे’ को  दशैं अफर : १ रुपैयाँमै हवाई टिकट प्राप्त गर्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १७:१०

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

८ असोजदेखि २३ असोजसम्म सञ्चालन हुने यस योजना अन्तर्गत आईएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरूले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन् ।

भाग्यशाली विजेताहरूले खरिद गरेको हवाई टिकटको १ रुपैयाँ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरूप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन् ।

साथै आईएमई पे मार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीले चन्द्रागिरी हिल्स केबुलकार, मौलाकाली केबुलकार र लुम्बिनी केबुलकारको टिकटका लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

चाड पर्व मनाउन गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीलाई लक्षित गरी यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

आईएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आईएमई पेका सेवाग्राहीलाई उपहार स्वरूप समर्पण गरिएको बताए ।

साथै आईएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?