+
+

सपिङमा नयाँ अनुभव गराउँदै महाराजगञ्जको ‘सेल्सबेरी सुपरस्टोर’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १५:५७

काठमाडौं । पोखराबाट सुरूभएको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा यो वर्ष वैशाखदेखि सञ्चालनमा ल्याएको ‘सेल्सबेरी सुपरस्टोर’ ले ग्राहकलाई ‘सपिङ’ को नयाँ अनुभव गराइरहेको छ ।

पौने ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको सेल्सबेरी सुपरस्टोरमा ‘जति धेरै सामान खरिद गर्‍यो, त्यति धेरै छुट’ पाइने सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्‍गले जानकारी दिए ।

नौ रोपनी क्षेत्रफल ओगटेको १६ तला अग्लो सेल्सबेरी सुपरस्टोरको अर्को विशेषता के हो भने यहाँ आउने ग्राहकले गाडी तथा मोटरसाइकल पार्किङका लागि चिन्ता गर्नुपर्दैन । निःशुल्क पार्किङ रहेका कारण ग्राहकले आरामसँग सपिङ गर्न पाउँछन् ।

ग्राहकले खाद्यान्न, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, लत्ताकपडा, विद्युतीय सामग्री, भाँडाकुँडा, जुत्ताचप्पल, खेलौनादेखि चकलेट, बिस्कुट, बेकरी आइटम हुँदै शृङ्गार सामग्री लगायत ब्रान्डेड दैनिक उपभोग्य सामान सरल मूल्यमा सेल्सबेरी सुपरस्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

युरोपेली मापदण्ड अनुसार बनेको सुपरस्टोरलाई नेपालकै ‘सुपर सपिङ डेस्टिनेसन’ बनाउने उद्देश्य रहेको सीईओ प्रधानाङ्‍गले बताए । ‘रियल डिपार्टमेन्टल स्टोर कस्तो हुन्छ भन्ने अनुभव गर्न सेल्सबेरी सुपरस्टोर महाराजगञ्ज जानैपर्छ,’ तीन दशकदेखि सेल्सबेरी डिपार्टमेन्ट स्टोर सञ्चालन गरिरहेका प्रधानाङ्‍गले भने, ‘यहाँ पाइने सामान सितिमिति अन्य डिपार्टमेन्टल स्टोरमा पाइँदैन । यो प्रिमियम सुपरस्टोर बन्ने विश्वास छ । ग्राहकले पनि यो खुलेयता निकै नै माया गर्नुभएको छ ।’

महाराजगञ्ज सेल्सबेरी सुपरस्टोरमा जानुका अरू पनि फाइदा छन् । किनभने, सुपरस्टोरको पहिलो चार तलामा सवारीसाधनका लागि बेसमेन्ट पार्किङ छ । भुइँ तलादेखि छैटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सात र आठ तलामा विभिन्न कर्पाेरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर छ ।

सामान खरिद गर्न आउने ग्राहकलाई केही खानुपरे विभिन्न फुडकोर्टमा कफीदेखि विभिन्न खानेकुरा मात्र नभई गर्मी याममा पौडी खेल्न स्विमिङ पुलसमेत उपलब्ध छ ।

अर्को रमाइलो पक्ष के छ भने सुपरस्टोरको १३औं तलामा भ्यु टावर रहेको छ, जहाँबाट काठमाडौं उपत्यकालाई ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।

‘हाम्रो स्टोरमा सामानमात्र किन्ने होइन, अन्य सेवा सुविधा पनि खरिद गर्न पाइन्छ,’ सीईओ प्रधानाङ्‍गले भने, ‘उपभोक्तालाई यसले पनि भिन्नै स्वाद दिइरहेकोमा हामी ढुक्क छौं । काठमाडौं आइपुगेका विदेशी पर्यटकले पनि सेल्सबेरी सुपरस्टोर जाऔं न त भन्ने गरी बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?