+
+

उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते २०:१७

११ असोज, काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ ।

कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ ।

खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अझै पानी पर्ने भएकाले नदीको सतह अझ बढ्ने सम्भावना छ ।

नदी किनारका कोरिडोर सडकहरुमा जोखिम बढेपछि प्रहरीले रात्रिकालीन समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?