+
+

प्रदीप खड्का, राजवल्लभ कोइराला अभिनित ‘एक्टर’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते २०:१९

काठमाडौं । तिहारको लक्ष्मीपूजा अवसरमा कार्तिक १५ प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण खुलासा गरेको छ ।

टिजर सुरु हुन्छ दिब्यदेवको आवाजको न्यारेसनबाट जहाँ उनी भन्छन्- ‘भनिन्छ नि मानिसले आफ्नो हैसियतअनुसारको सपना देख्नुपर्छ । किनकी सपनाले जब आफ्नो हैसियत देखाउन थाल्छ, त्यसको भारी मूल्य आफैले चुकाउनुपर्छ ।’

फिल्मको ‘बटमलाइन’ समेत प्रस्तुत गर्ने यो डायलगसँगै टिजर सुरु हुन्छ । चोटग्रस्त मुख्य पात्र प्रदीप खड्का तलाउमा डुबेसँगै टिजरले कथा भन्छ । एक अभिनेताले दुई युवतीसँग रोमान्स गर्छ । कथाअघि बढ्दै जाँदा प्रेम र धोकाको खेल सुरु हुन्छ ।

त्यसपछि राजवल्लभ कोइराला स्क्रिनमा आउँछन् र भन्छन्- एक्टर, ब्याड लक, दिस इज माइ स्टोरी ।’ यो दृश्य र संवादले फिल्मका मुख्य पात्र प्रदीपसँग राजवल्लभको टकराव हुने देखिन्छ । दुई युवतीको भूमिकामा आना शर्मा र दिव्या रायमाझीले अभिनय गरेका छन् ।

टिजर हेर्दा लाग्छ, ‘एक्टर’ प्रदीप र राजवल्लभ आमनेसामने हुँदाको कथा हो । दशकपछि फिल्ममा फर्किएका राजवल्लभको दृश्य उनका फ्यानका लागि भिजुअल ट्रिट अवश्य हो । दिब्याले यो फिल्मबाट घरेलु फिल्ममा अभिनय करिअर थालेकी हुन् । उनी अभिनेता दिलिप रायमाझीकी छोरी हुन् ।

राजन भुषालले फिल्म निर्देशन गरेका हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा थमन भण्डारीले फिल्म निर्माण गरेका हुन् । अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । पटकथा आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?