+
+

काठमाडौंबाट छुट्ने रात्रिबस सञ्चालनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते २०:२४

११ असोज, काठमाडौं। लगातारको वर्षाका कारण बढी–पहिरोको जोखिम बढेसँगै रात्रिकालीन बस सञ्चालनमा रोक लगाइएको छ ।

नयाँ बसपार्कबाट विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबसहरु सञ्चालनमा रोक लगाइएको हो ।

(आज) शुक्रबार बेलुकीदेखि भोलि बिहानसम्मका लागि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

निजी सवारी चालकहरुलाई समेत रात्रिकालीन यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?