+
+

ट्राफिक प्रहरीले सुरू गर्‍यो चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते २०:३०

११ असोज, काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ को सुरूवात गरेको छ ।  शुक्रबार नयाँ बसपार्कमा एक कार्यक्रम गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी किरण बज्राचार्यले अभियानको उद्‌घाटन गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिइन् ।

अभियान अन्तर्गत यात्रु सहायता कक्ष संचालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकहरुलाई सम्मान कार्यक्रम र नो भोइलेसन नो पेनाल्टी लेखिएका स्टिकर टाँसेर कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममता पुर्वक कारवाही गरिने बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी भरत बहादुर बोहराले चाड पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरीएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरे । सडक प्रयोगकर्ताले सडक र सवारी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?