
११ असोज, काठमाडौं । झापाको अर्जुनधारा गाउँपालिका-७ बिरिङ खोलाको मोटरेबल पुलमा बाढीले क्षति पुर्याएको छ ।
बिरिङ खोलाको खुदुनाबारी-शनिश्वरे जोड्ने मोटरेबल पुल अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पुलमा क्षति पुगेपछि यात्रु र सवारी साधन आवागमन रोकेर वैकल्पिक बाटो दिइएको छ । अर्जुनधारा नगरपालिका ७ स्थित फुलमति पुलबाट मिलडाँडा हुँदै वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4