+
+

काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ७:४४

१२ असोज, काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।

पनौती नगरपालिका–११, वडासदस्य गीता थापाका अनुसार पहिरोले ३ घरमा पूर्ण क्षति पु¥याएको थियो । २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्न सके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्कविहीन भएको हो । ‘पहिरो झर्न रोकिएको छैन ।

अहिले पनि ठूलो पानी परिराखेकाले उद्धार गर्न जाने अवस्था पनि छैन’, उनले भनिन् ।

बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।

वर्षाले नै पनौतीको स्थानीय गर्ध खोलामा पहिरोले खस्दा थुनिएको वडासदस्य थापाले बताइन् । पनौती–३ र ८ को सीमानामा रहेको उक्त खोला बिहान साढे ५ को समयमा थुनिएको हो । ‘खोला नै थुनिएपछि फाँट जलमग्न भएको छ । जोखिम पनि बढेको छ,’ उनले भनिन् ।

त्यस्तै  काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?