
१२ असोज, काठमाडौं । काठमाडौंको नागढुंगा–थानकोट खण्डमा पहिरो गएको छ । पहिरोले सडकको एउटा लेन पूरै बन्द भएको छ ।
लेदोमाटोसहित खसेको पहिरो पन्छाउने काम यो समाचार तयार पार्दासम्म सुरु नै भएको छैन ।
नागढुंगा चेकपोइण्टमै पनि पहिरो खसेको छ । पहिरो जान थालेपछि काठमाडौं भित्रिने सवारी साधन चेकिङ गर्ने प्रहरीहरु ठाउँ सरेका छन् ।
अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंका नदी र खोला निकारका बस्ती जलमग्न भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4