+

क्यानको २०२५ को बजेट : आम्दानी ६१ करोड, खर्च ६९ करोड

२०८१ असोज  १२ गते १०:१४ २०८१ असोज १२ गते १०:१४
क्यानको २०२५ को बजेट : आम्दानी ६१ करोड, खर्च ६९ करोड

१२ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी २०२५ अनुमानित वार्षिक आम्दानी बजेट ६१ करोड ७२ लाख रुपैया हुने बताएको छ ।

पोखरामा सम्पन्न क्यानको वार्षिक साधरण सभाले उक्त अनुमानित बजेट प्रस्तुत गरेको हो । क्यानको आगमी आर्थिक वर्षको अनुमानित आम्दानी ६१ करोड, ७२ लाख, ७४ हजार ३५० रुपैयाँ छ ।

क्यानलाई आसीसीले वार्षिक २४ करोड ५५ लाख २० हजार प्रदान गर्नेछ । क्यानलाई आईसीसीले एसीसीबाट सोधभर्ना अनुदान ९३, २९१, ८५० रहने अनुमान गरेको छ । त्यस्तै एसीसीले ३९,६००, ००० अनुदान दिनेछ । राखेपबाट आम्दानी ११,०००,००० हुने छ ।

प्रायोजक र इस्पोन्सरबाट इनकम ९३, ५००,००० हुनेछ । टिकट ब्रिकी, बैकको ब्याज, मैदान भाडा, बोडकास्टिङ, चन्दा, मर्चेन्डाइजिङ सबै गरी ६१ करोड ७२ लाखको बजेट अनुमान गरेकोछ ।

उक्त बजेटबाट क्यानले मुख्य प्रशिक्षक, प्रादेशिक प्रशिक्षक, मैदान कर्माचारी, क्युरेटर, कार्यसमिति बैठक, प्रदेशलाई दिने अनुदान र अन्य घरेलु प्रतियोगितामा २१ करोड ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । विभिन्न घरेलु प्रतियोगिता र अन्यमा १३ करोड खर्च हुने अनुमान गरेको छ ।

नेपालको सिनियर पुरुष र महिला टोलीको विदेशमा सहभागीता, बन्द प्रशिक्षण, सिरिजहरु, लिग २, यू-१९ विश्वकप एसिया छनोट, हवाइ टिकट लगायतमा २९ करोड १२ लाख खर्च हुने अनुमान गरेकोछ । क्यानको २०२५ को कुल अनुमानित खर्च ६९ करोड ५० लाख रुपैयाँछ ।

१२ असोज, काठमाडौं। अविरल वर्षाका कारण सम्मेलन स्थल वरपर जलमग्न भएको भन्‍दै अखिल क्रान्तिकारीले तेस्रो दिनको बन्दसत्र स्थगित गरेको छ ।

अखिल क्रान्तिका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले सामाजिक सञ्जालमार्फल २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको आज असोज १२ गतेको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन् ।

‘अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको र अखिल(क्रान्तिकारी) को सम्मेलनस्थल वरपर जलमग्न भएको हुँदा अखिल(क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको आज असोज १२ गतेको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।’ केन्द्रीय उपाध्यक्ष रेग्मीले सामाजिक सञ्जालमा भनेका छन् ।

उनका अनुसार बन्दशत्र भोलि असोज १३ गते ११ बजे बाट सुरु हुनेछ ।

क्यान नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०