+
+

उत्तरी गोरखाको साम्दोमा हिमपात, रोकिए पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते ११:४७

१२ असोज, गोरखा । उत्तरी गोरखाको साम्दोमा हिमपात भएको छ । शुक्रवार रातिदेखिको हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपात भएसँगै लार्के पासका लागि गएका पर्यटकहरु साम्दोमै रोकिएका छन् ।

आधा फिटदेखि एक फिटसम्म हिउँ परेको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) साम्दोका प्रमुख विश्व त्रिपाठीले बताए । ‘हिउँले पदमार्ग नै ढाकेको छ’ उनले भने, ‘हामी हिउँ पन्छाउने काम गरिरहेका छौं ।’ हिमपातसँगै चिसो बढेकाले स्थानीयहरु घर भित्रै आगो तापेर बसेको उनले जानकारी दिए ।

हिउँ पर्ने मौसम सुरु हुनु अगावै असोजमा हिउँ परेको यो पहिलो पटक हो । तल्लो क्षेत्रमा भने अविरल वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?