+
+

पहिरोमा परी भक्तपुरमा गर्भवती महिलासहित ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १३:२८

१२ असोज, काठमाडौं । भक्तपुरको पसालेमा पहिरोले टहरो पुरिंदा तीन जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार शनिबार बिहान साढे दश बजे अविरल वर्षाको कारण माथिबाट पहिरो खसेर टहरो बगाउँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिकोट स्थायी घर भएकी २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम, १४ वर्षीया मनिषा शाही छन् । दमिला गर्भवती अवस्थामा थिइन् । कालीकोटका उनीहरू जग्गा भाडामा लिइ टहरो बनाएर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?