
१२ असोज, काठमाडौं । बाढी पहिरोका कारण काठमाडौंका विभिन्न ठाउँहरुमा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार शनिबार १२ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको हो । १ जना भने बेपत्ता भएका छन् ।
त्यसैगरी २२६ घर डुबानमा परेको एसएसपी घिमिरेले बताए । काठमाडौंमा मात्रै उद्दारका लागि ३ हजार ६० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यसैगरी ललितपुरमा पनि ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4