
१२ असोज, काठमाडौं । ललितपुरको हात्तीवनस्थित सडकमा बस भासिएको छ ।
बा २ ख ६८४८ बसको पछाडिको भाग सडकमा परेको खाल्डोमा छिरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीका अनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।
शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण सडकमा भ्वाङ पर्दा बसको पछाडिको भाग खाल्डोमा परेको हो । ललितपुरमा मात्रै बाढी पहिरोका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4