+
+

बागमतीका १० जिल्लामा २१ जनाको मृत्यु, २५ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १७:०८

६ असोज, हेटौंडा । बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) मा ११ र १२ असोजको दुई दिनमा विपदका घटनाबाट २१ जनाको मृत्यु भएको छ ।

विपद्का घटनाबाट २५ जना बेपत्ता र ३१ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा काभ्रेका १० जना रहेका छन् ।बाढीपहिरोबाट काभ्रेमै ११ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ६ जनाको मृत्यु ४ जना बेपत्ता र १६ जना घाइते, दोलखामा पहिरो खसेर ३ जनाको मृत्यु १ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार धादिङ र सिन्धुलीमा १–१ जनाको मृत्यु र १–१ जना घाइते भएको छ । धादिङमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा ७ जना बेपत्ता भएका छन् । शनिबार मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, स्थितबत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका बालक पहिरोले पुरिएको विवरणबाहेक प्रदेशका १० जिल्लामा २१ जनाको मृत्यु भएको हो ।

इन्द्रसरोबरमा पहिरोले पुरिएका ६ जनामध्ये ३ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उनीहरुको सनाखत हुन बाँकी छ । पहिरोमो पुरिएर बेपत्ता भएकाका अन्य ३ जनाको अवस्था अझै अज्ञात छ ।

चितवन, नुवाकोट, रसुवा र रामेछापमा विपदबाट हालसम्म मानवीय क्षति नभएको डीएसपी बस्नेतले जानकारी दिए । विपदका घटनाबाट १५ वटा पशुचौपायाको मृत्यु भएको प्रहरी तथ्यांक छ । ६६ वटा घरमा पूर्ण र २ वटा घरमा आंशिक क्षति पुगेको डीएसपी बस्नेतले जानकारी दिए । १९२ परिवार प्रभावित क्षेत्रबाट स्थानान्तरण भएको उनले बताए ।

२ वटा पक्की पुल र एउटा बेलिब्रिजमा क्षति पुगेको छ । ५९ वटा घर तथा कार्यालय उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । विपद्तका घटनामा उद्दारका लागि ४ हजार ११९ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?