+
+

मकवानपुरमा पहिरोले घर पुरियो, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १८:३२

१२ असोज, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा अबिरल वर्षाका कारण पहिरो जाँदा एक घर पुरिएको छ ।

शुक्रबार राति ११ बजे बागमती गाउँपालिका–३ स्थित सुक्खा सल्यनीमा अविरल बर्षाको कारण रहर सिं थिङको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

घरमाथिबाट खसेको पहिरो जाँदा घरले थिचिएर रहर सिंको छोरी २० वर्षीया फूलमाया थिङको मृत्यु भएको सापकोटाले जानकारी दिए । घटना शुक्रबार रातिको भए पनि खबर ढिला गरी प्राप्त भएको उनको भनाइ छ ।

निरन्तरको वर्षाले मकवानपुरको अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध हुन पुगेको छ । इन्द्रसरोवर, मकवानपुरगढी, राक्सिराङ, कैलाश, बागमतीलगायतका गाउँपालिकामा शुक्रबार रातिबाटै विद्युत अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?