
१२ असोज, काठमाडौं । सुनकोशी नदीमा पानीको सतह बढ्दा उदयपुर र खोटाङ जोड्ने फोक्सिङ्टारको पुल बगेको छ ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पानीको सतह बढ्दै जाँदा पुलको एउटा भाग बगेको छ । ‘पुलको एउटा खम्बा पनि बगेको भन्ने छ’, उनले भने ।
यो पुलले खोटाङलाई प्रदेश राजधानी सहित देशका अरु शहरी क्षेत्रसँग जोड्ने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4