+
+

अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले टिकट सार्दा थप शुल्क नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १९:४६

१२ असोज, काठमाडौं । प्रतिकुल मौसकका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ ।

यसको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

शनिबार पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्ने र त्यसका लागि पर्यटन विभाग र पर्यटन बोर्डबीच समन्वय गर्ने निर्णय भएको बैठकका एक सहभागीले जानकारी दिए ।

हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित र सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ । वायुसेवा कम्पनीका हेलिकप्टर र र्‍याफ्टिङ एशोसिएशनका जनशक्ति र उपकरण अधिकतम परिचालन गर्ने निर्णय भएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालका सबै विमानस्थल सञ्चालनयोग्य अवस्थामा रहेका कारण मौसमको अनुकुलता हुने वित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडान अधिकतम सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

होटेल संघ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई नियमित र सहुलियत शूल्कमा सेवा दिने निर्णय समेत सरोकारवालाको बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?