+

खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

२०८१ असोज  १३ गते १:२६ २०८१ असोज १३ गते १:२६
खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

१३ असोज, काठमाडौं – नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।

ओपनर अनिल साह ९ र आसिफ शेख ८ रनमा आउट भए । देव खनाल ११, कुशल मल्ल १२, मध्यक्रममा झरेका कुशल भुर्तेल ७, दीपेन्द्रसिंह ऐरी ६, सोमपाल कामी १, सन्दीप लामिछाने १० र करण केसी ५ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । साद बिन जाफरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । प्रविन कुमार र अखिल कुमारले १-१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । साद बिन जाफरले १८ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाए । श्रेयस मोभ्भाले २३ बलमा १ चौका र १ छक्कासहित २२, आरोन जोनसन ९, नवनित धालिवाल १४, निकोलस किर्टोन ५ र हर्ष ठाकेरले १ रन बनाए ।

तल्लोक्रममा प्रविन कुमारले १३ बलमा २ छक्कासहित १९ तथा अखिल कुमारले १४ रन जोडे । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । डेब्यू गरेका बलर रिजन ढकालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।

त्रिकोणात्मक टी-२० आई सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०