+
+

हेटौंडा-काठमाडौं सम्पर्क टुट्यो, आधा दर्जन सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ८:०५
फाइल तस्वीर ।

१३ असोज, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन छोटा मार्ग अवरुद्ध भएका छन् ।

तीन दिनदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ हेटौंडा-पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध छ ।

अघिल्ला वर्षहरूमा बाढीपहिरोले अन्य सडकहरू अवरुद्ध हुँदा पनि त्रिभुवन राजपथ सञ्चालन हुने गरेको थियो ।

थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

कान्तिलोकपथ सडक खण्डको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक पूर्ण रुपमा अवरोध भएको छ ।

दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसी कुलेखानी-फाखेल-फर्पिङ बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डकै ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी मार्छु भित्रि सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोको कारण थानकोट-कुलेखानी बाटो पूर्णरुपमा अवरोध भएको छ ।

भीमफेदि गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसी हेटौंडा-कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

यस्तै, आधा दर्जन ठाउँमा पहिरो जाँदा फाखेल-हुमाने-चखेल-मातातिर्थ-सतुङगल सडक खण्ड पनि अवरुद्ध भएको छ ।

हेटौंडासँग जोडिएको पूर्व-पश्चिम लोकमार्ग मात्रै सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?