+

सालाहको पेनाल्टी गोलमा लिभरपुल शीर्ष स्थानमा

२०८१ असोज  १३ गते ८:१७ २०८१ असोज १३ गते ८:१७
सालाहको पेनाल्टी गोलमा लिभरपुल शीर्ष स्थानमा

१३ असोज, काठमाडौं । मोहमद सालाहले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा लिभरपुलले प्रिमियर लिगमा वल्भ्सलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ ।

वल्भसको मैदान मोनिलक्स स्टेडियममा भएको खेलमा इब्राहिम कोनाटेले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा वल्भसले बराबरी गोल फर्कायो । ५६औं मिनेटमा अइत नोउरुले वल्भसका लागि बराबरी गोल गरे ।

त्यसपछि सालाहले ६१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुललाई पुन: अग्रता दिलाए । त्यही गोल नै निर्णायक बन्दा लिभरपुलले ३ अंक जोड्यो ।

जितपछि ६ खेलबाट १४ अंक जोडेको लिभरपुल म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

शनिवार चाँडै भएको खेलमा साविक विजेता सिटी न्युसकाल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको थियो । सिटीको ६ खेलबाट १४ अंक छ ।

यस्तै लेस्टर सिटीलाई ४-२ ले पराजित गरेको आर्सनलको पनि समान १४ अंक नै छ । तर, गोल अन्तरमा पछि रहँदै आर्सनल तेस्रो स्थानमा छ ।

यस्तै ब्राइटनलाई ४-२ ले पराजित गरेको चेल्सी ६ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०