+
+

गोरखाबाट काठमाडौंका लागि छुटेको बस २ दिनदेखि सम्पर्कविहीन

विकास मरहट्टा विकास मरहट्टा
२०८१ असोज १३ गते ८:४७

१३ असोज, गोरखा । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ ।

शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ ।

‘त्यो दिन राति दश बजे खानीखोला पुगेर सम्पर्क भएको थियो,’ प्रालिका अध्यक्ष नारायण खत्रीले भने, ‘त्यसदेखि यता सम्पर्क हुन सकेको छैन ।’ उनका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए ।

बस सम्पर्कविहीन भएको भनी खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?