+
+

राधिका कल्पितको कथा संग्रह ‘सम्मोहन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ९:०३

१३ असोज, काठमाडौं । साहित्यकार  राधिका कल्पितको कथा संग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो।

कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र हेम भण्डारीले आफ्ना विचार प्रस्तुत गरे।  कार्यक्रममा श्यामलले ‘सम्मोहन’लाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भनेका थिए।

समालोचक बिन्दु शर्माले कथामा यथार्थ र अचेतनका दमित इच्छालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताइन् । उनले ‘सम्मोहन’लाई आदर्शको मुकुण्डो लगाएका पात्रहरूको संवेदनामा आधारित, मनोवैज्ञानिक गहिराइ भएको कृति भनेर प्रशंसा गरिन्।

पत्रकार हेम भण्डारीले कथाहरूले नेपाली समाजका पितृसत्तात्मक संरचनाको आलोचना गरेको र लैङ्गिक विभेदलाई उजागर गरेको बताए।

लेखकले लैंगिक विभेद, सामाजिक विघटन, यौन मनोविज्ञान, र पितृसत्तात्मक चेतनालाई प्रमुख विषयवस्तु बनाउँदै कथा निर्माण गरेका छन्।

कथाका पात्रहरूको विकास सजीव ढंगले गरिएको र लेखनमा कविता जस्तो भाषाको प्रयोग भएको टिप्पणीकारहरूको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?