+
+

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकजनाको मृत्यु

रासस रासस
२०८१ असोज १३ गते ९:४६

१३ असोज, कञ्चनपुर । हात्तीको आक्रमणमा परी कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल राना छन् ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । हात्ती धपाउन जाँदा उल्टै आक्रमण गरेको थियो ।

घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?