+
+

झ्याप्ले खोलामा भेटियो थप ३ शव

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ९:५५
तस्वीर: आर्यन धिमाल/अनलाइनखबर

१३ असोज, काठमाडौं । झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । फेला परेका तीनै जनाको शव निकालिएको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।

झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?