
१३ असोज, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
आइतबार भने ६ सय घटेर १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९४५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4