+
+

कांग्रेसले राहत कोषमा ५० लाख सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १२:१७

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले पीडित राहत कोषमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । राहत कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ ।

बैठकले पार्टी संरचनालाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । पार्टी कार्यकर्ता, भ्रातृ र शुभेच्छुक संस्थालाई राहत, उद्धार कार्यमा सक्रिय रुपमा लाग्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?