+
+

दुर्गालालको कविता: धन्य चणिकलाल

दुर्गालाल श्रेष्ठ दुर्गालाल श्रेष्ठ
२०८१ असोज १३ गते १२:२२

चणिकलाल हे तामाङ केटो !

हे काभ्रेली ज्यान !

छिनभर नै होस् देखें तिम्रो

त्यो उत्साह महान् !

 

भावविभोर म यत्ति भएछु

आज छिनैभरमा !

अन्यमनस्कै ढोग्न पुगें म

तिम्रो तस्बिरमा !

 

हेर्दै सायद टोलायो कि

त्यो उच्छल छालै !

अझ झस्क्यो पनि होला सायद

त्यो निर्मम कालै !

 

हो, तिम्रो त्यो साहस नै हो

मान्छेकै गौरव !

हुन्छु चणिक, अब हुन्छु म मान्छे

सुँघ्दै त्यो सौरभ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?