+
+

डिजिटल दुर्व्यसनीको कथामा बनेको फिल्म ‘झिल्को’ पुस ५ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १२:३७

काठमाडौं । ‘झोला’ फेम्ड निर्देशक यादव भट्टराईको दोस्रो कथानक फिल्म ‘झिल्को : द स्पार्क’को प्रदर्शन मिति घोषणा भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माताले पुस ५ गतेदेखि फिल्म प्रदर्शन हुने जनाएका छन् ।

फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको अभिनय छ । मोबाइल दुर्व्यसनले बालबालिकामा देखिने अटिजमको समस्या, त्यसले परिवार र समाजलाई पार्ने असरको कथामा फिल्म बनेको छ ।

विज्ञप्ति जारी गर्दै निर्माता तथा निर्देशक भट्टराईले फिल्मले वर्तमान समयको कथा पेश गर्ने बताए । ‘डिजिटल युगमा प्रवेश गरिरहेका र बाँचिरहेका हामीले के विवेकपूर्ण व्यवहार गरेका छौं ? ग्याजेटको प्रयोग गरिरहँदा हाम्रो अवस्था के छ ?’ विज्ञप्तिमा भनिएको छ, ‘आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुर्व्यसनी डिजिटल दुर्व्यसनी हो ।’

प्रविधि यस युगको सबैभन्दा महान आविष्कार भएपनि यसको प्रयोग सही नहुँदा कसरी जीवन तहसनहस हुनसक्छ भनेर फिल्मले चित्रण गर्ने उनले बताए । ‘सामाजिक उत्तरदायित्वको रुपमा हामीले यो चलचित्र निर्माण गर्ने साहस गरेका हौं’ उनले भने ।

सामाजिक कथावस्तुमा फिल्म बनाउँदै आएका भट्टराईले यसअघि सतीप्रथाको कथामा ‘झोला’ र दाइजोको कथावस्तुमा फिल्म ‘भोर’ बनाएका थिए । ‘झिल्को’को पटकथा तथा संवाद अरुणदेव जोशी र देवव्रतले भट्टराईसँग मिलेर लेखेका हुन् ।

यो फिल्ममा दीपक बज्राचार्यको छायांकन, चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ । जनता प्रसारण तथा प्रकाशन प्रालिको निर्माण सहयोग रहेको फिल्मको मुख्य सहायक निर्देशन आकाश उखेडा र सहायक निर्देशक अनिश बुढाथोकीले गरेका हुन् । फिल्ममा आनन्द अधिकारीको गीत, शिव परियार र निशा देशारको स्वर रहेको छ ।

फिल्मको नेपाल वितरक डीएसएन नेपाल र अमेरिका तथा क्यानडा वितरकको जिम्मा इपिक इन्टरटेनमेन्टलाई दिइएको निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?