+

हड्डीको अवस्था पत्ता लगाउने डेक्सा स्क्यान कसरी गरिन्छ ?

२०८१ असोज  १३ गते १४:२७ २०८१ असोज १३ गते १४:२७
हड्डीको अवस्था पत्ता लगाउने डेक्सा स्क्यान कसरी गरिन्छ ?

उमेर बढेसँगै शरीरका हड्डीहरू कमजोर हुन थाल्छन् । विशेषगरी ५० देखि ६० वर्षको उमेरमा हड्डी मक्किने र खिइने सम्भावना बढ्छ । शारीरिक गतिविधिको कमी र अस्वस्थ खानपानले पनि कम उमेरमा हड्डी कमजोर हुने समस्यालाई बढिरहेको छ ।

त्यसमा पनि हड्डी कमजोरको संकेत शरीरले पहिल्यै दिंदा पनिे धेरैले दुखाइ कम हुने औषधि मात्र खाने वा बेवास्ता गर्ने गर्छन् । फलस्वरुप हड्डी कमजोर भई खिइसकेको अवस्थामा पुगेर अस्पताल ढिला आउनेको संख्या बढेको छ ।

एकपटक हड्डी खिइसकेपछि यसको शतप्रतिशत उपचार हुन कठिन छ । तर हड्डीमा समस्या छ कि छैन भनेर छिट्टै पत्ता लगाउन सके यो समस्याबाट बच्न सकिन्छ । त्यसका लागि चिकित्सकले आजभोलि डेक्सा स्क्यान परीक्षण गर्न सुझाउँछन् ।

डेक्सा स्क्यान के हो ?

डेक्सा स्क्यान एक विशेष प्रकारको परीक्षण प्रविधि हो । जसले हड्डीको घनत्व र त्यसमा रहेको खनिजको मात्रा नाप्छ । यसलाई चिकित्सकीय भाषामा ‘बोन डेन्सिटी टेस्ट’ पनि भनिन्छ ।

यो स्क्यानमा एक्स-रे प्रविधि प्रयोग गरी हड्डीको बलियो वा कमजोर अवस्था पत्ता लगाइन्छ । जसमा एक  उच्च ऊर्जा भएको र अर्को न्यून ऊर्जा भएको विकिरणहरु हड्डीभित्रबाट पसेर हड्डी मक्किने समस्या पत्ता लगाउँछन् ।

यो पूरै स्क्यानले हड्डीमा कतै भाँचिएको छ कि भनेर पनि पत्ता लाग्छ । यति मात्र होइन, शरीरमा बोसो, घनत्व, वजन र तन्तुको बारेमा विस्तृत जानकारी लिन सकिन्छ । लगभग १० मिनेट लाग्ने यो परीक्षणले व्यक्ति कति फिट छ भनेर बताउन सक्छ ।

डेक्सा स्क्यानको इतिहास

डेक्सा स्क्यानको सुरुवात सन् १९८० को दशकमा डा. जोन फ्रस्ट र डा. वालले गरेका थिए । तर नेपालमा भने यो सेवा भित्रिएको धेरै भएको छैन । करिब १० वर्षअघि मात्र नेपालमा भित्रिएको यो सेवा प्रभावकारी देखिएको छ ।  विभिन्न अस्पतालले यस प्रविधिलाई आफ्नो सेवामा समावेश गरेपछि हड्डीको स्वास्थ्यको परीक्षण र निगरानीमा नयाँ युगको सुरुवात भएको छ ।

डेक्सा स्क्यान किन गर्नुपर्छ ?

– उमेर बढेसँगै हड्डी कमजोर भए नभएको  डेक्सा स्क्यान गरिन्छ । मुख्यतया ६० वर्षभन्दा माथिको व्यक्तिमा हड्डी मक्किने सम्भावना कति छ वा कतिको कमजोर छ भनेर हेर्न गरिन्छ ।

– रजोनिवृत्तिपछि महिलामा अस्टियोपोरोसिसको जोखिम बढ्न सक्छ ।

– बाथ, मधुमेह, थाइराइड आदि रोगमा हड्डीको स्थिति जाँच्न ।

– हड्डीसम्बन्धी अन्य रोग भएका बिरामीहरूमा हड्डीको स्थिति पत्ता लगाउन ।

– खेलाडीका लागि डेक्सा स्क्यान परीक्षण अनिवार्य छ । किनकि बेजोडले शारीरिक गतिविधि गर्दा हड्डीमा समस्या भए नभएको यसबाट पत्ता लाग्छ ।

डेक्सा स्क्यानको एउटै उद्देश्य भनेको हड्डीमा आउन सक्ने जोखिमबाट बच्न उमेर ढल्किंदै गएपछि एक्स-रे गरेर हड्डीमा आएको खराबी भएको पत्ता लगाई उपचारका लागि कदम चाल्न सकिन्छ ।

सामान्य अवस्थामा पनि यो परीक्षण गर्न सकिन्छ ?

जो आफ्नो हड्डीको अवस्था जान्न चाहन्छन् । उनीहरूले यो सेवा लिन सक्छन् । तर विगतमा कुनै हाडजोर्नी भाँचिएको छ भने पनि ५० वर्षपछि परीक्षण गर्नैपर्छ ।

चिकित्सकले भने ६५ वर्ष भन्दा बढी उमेर समूहलाई अनिवार्य परीक्षण गर्न सुझाउँछन् । ताकि, हड्डीको घनत्व घट्ने क्रमबाट बच्न सकियोस् ।

हड्डीको घनत्व घटेमा के हुन्छ ?

हड्डीको घनत्व कम हुनुको अर्थ हड्डीमा जति खनिज पदार्थ हुनुपर्ने कुनै कारणवश हुँदैन । यसले हड्डीलाई कमजोर बनाई हड्डी भाँचिने जोखिम बढाउन सक्छ । हड्डीको घनत्वको कमी हुने समस्यालाई ओस्टियोपेनिया भनिन्छ ।

उमेरअगावै हड्डीको घनत्व घट्ने जोखिम कसलाई ?

प्रतिरोधले शरीरलाई हानि गर्ने अटोइम्युन रोग, दैनिक मदिरा तथा धुम्रपान गर्ने व्यक्ति, भिटामिन डीको कमी, हर्मोन र प्रतिरोधलाई दबाउने क्यान्सरका औषधिहरू र छारेरोगको औषधि रगत पातलो पार्ने खालको औषधि प्रयोग गर्दा पनि हड्डी खिइने सम्भावना रहन्छ । यी अवस्था हड्डीको घनत्व घटाउने प्रमुख कारक हुन् ।

डेक्सा स्क्यानअघिको तयारी

यो स्क्यान गर्दा खानेकुरामा पावन्दी लगाइँदैन । तर क्याल्सियमको औषधि लिने व्यक्तिले भने परीक्षण गर्नुभन्दा २४ घण्टाअघि बन्द गर्नुपर्छ । त्यस्तै, परीक्षणका लागि गाउन लगाउनुपर्छ । धातु, गहना, घडी जस्ता वस्तुहरू लगाउन हुँदैन ।

परीक्षण गर्दा

यो परीक्षण अवधि १० देखि १५ मिनेटको हुन्छ ।

– सुरुमा एक्स-रे टेबलमा सुताइन्छ ।

– प्राविधिकले सही पोजिसनमा बस्न मद्दत गर्न सक्छन् ।

– त्यसपछि हड्डीको तस्वीर काँधदेखि सबै शरीरभरको पूरा स्क्यान मार्फत लिइन्छ ।

– यो स्क्यानरले दुई न्यून खालको रेडिएसन प्रयोग गरी हड्डीको अवस्थालाई तस्वीर र ग्राफमा रुपान्तरण गरी मोनिटरबाट प्रस्तुत गर्छ । जसमा हड्डीको भाग सेतो देखिन्छ । बोसो, मांसपेशी र अन्य नरम तन्तु भने गाढा रङको छाया जस्तो देखाउँछ ।

यसले हड्डीको मोटाइ, बोसो, मांसपेशी र तन्तुको बारेमा विस्तृत जानकारी दिन्छ । साथै यसले हड्डीमा कुनै फ्र्याक्चर छ कि छैन भनेर पनि देखाउँछ ।

परीक्षण शुल्क कति लाग्?

नेपालमा विभिन्न अस्पतालमा यो परीक्षणको शुल्क फरक-फरक हुनसक्छ, तर यो सुलभ दरमा उपलब्ध छ । परीक्षणको शुल्क अस्पतालअनुसार तीन हजारदेखि ६ हजार रुपैयाँसम्म लाग्न सक्छ । नेपालको स्वास्थ्य बीमाले समेत यो परीक्षण बेहोर्छ ।

तर गर्भावस्था चलिरहेको छ भने यो परीक्षण गर्न हुँदैन ।

कसरी मापन हुन्छ ?

हड्डीको घनत्वका लागि टी-स्कोर र जेट स्कोरबाट नतिजा हेर्न सकिन्छ ।

टीस्कोर

– एक भन्दा बढी टी-स्कोर सामान्य मान्न मानिन्छ ।

– एक भन्दा बढी २.४ को टी-स्कोर अस्टियोपेनिया मान्न सकिन्छ ।

– २.५ वा त्यसभन्दा कम भएको टी-स्कोर अस्टियोपोरोसिस भएको मानिन्छ ।

जेट स्कोर

– २.० भन्दा बढी जेट स्कोर आएमा अवस्था सामान्य भएको बुझिन्छ ।

– २.० भन्दामुनिको स्कोर आएमा उमेर अनुसारको हुनुपर्ने स्तरभन्दा कम भएको मानिन्छ ।

– १.५ भन्दा कम भएमा जेट स्कोर भएमा अस्टियोपोरोसिस भएको बुझिन्छ ।

नतिजापछि उपचारको योजना

चिकित्सकले बिरामीको हड्डीको खनिज घनत्वबारे रिपोर्टको मूल्यांकन गर्छन् । यदि बिरामीलाई ओस्टियोपेनिया या ओस्टियोपोरोसिस भएको पाइन्छ भने चिकित्सकले रोकथामका उपाय वा उपचारको सिफारिस हुनसक्छ ।

यसमा क्याल्सियम र भिटामिन सप्लिमेन्टहरू, व्यायाम, जीवनशैली परिवर्तन र आवश्यक परे औषधिहरू  दिइन्छ ।

फ्र्याक्चर जोखिम मूल्यांकन : रिपोर्टको आधारमा भविष्यमा हड्डी भाँचिने जोखिम भए सावधानी अपनाउन सुझाव दिन्छन् ।

नियमित फलोअप : ओस्टियोपोरोसिस जोखिम भएकाहरुको हड्डीको नियमित रूपमा निगरानी गर्न चिकित्सकले १–२ वर्षमा पुनः स्क्यान गराउन सिफारिस गर्न सक्छन् । यसबाट उपचारको प्रभावकारिता मूल्यांकन गर्न सकिन्छ ।

डेक्सा स्क्यान सम्बन्धी केही भ्रम र तथ्य

भ्रम : यो परीक्षणमा उच्च रेडिएसनको प्रयोग हुन्छ ।

– यो स्क्यानले एकदमै कम रेडिएसन निकाल्छ । र, यो सुरक्षित पनि हुन्छ ।

भ्रम : यो परीक्षणले अस्टियोपोरासिसको समस्या मात्र पत्ता लगाउँछ ।

– डेक्सा स्क्यानले शरीरमा भएको समग्र हडीको स्वास्थ्य अवस्थाको बारेमा परीक्षण गर्छ । जसले समस्या र त्यसको समाधानमा कस्तो उपचार गर्ने तय गर्न मद्दत गर्छ ।

भ्रम : यो परीक्षणको क्रममा अत्यधिक दुखाइ हुन्छ ।

– यो परीक्षणमा कुनै दुखाइको अनुभव हुँदैन ।

भ्रम : यो स्क्यान मात्र महिलाका लागि हो ।

– अस्टियोपोरासिस महिलाहरुमा तुलनात्मक रुपमा बढी देखिन्छ । यसको मतलब पुरुषमा देखिंदैन भन्ने होइन । यो परीक्षण दुवै महिला र पुरुषमा गरिन्छ ।

भ्रम : डेक्सा स्क्यान गर्नुअघि सबै प्रकारको औषधि रोक्नुपर्छ ।

– यो भनाइमा कुनै सत्यता छैन । यो परीक्षण गर्न अरु नियमित खाइरहेको औषधि खान मिल्छ । तर क्याल्सियमको सप्लिमेन्ट लिइरहेको व्यक्तिले भने एक दिनको लागि खानु हुँदैन । किनकि यो औषधिले स्क्यानरको काममा कहिलेकाहीं बाधा ल्याउन सक्छ ।

डा. दीपेन्द्र पाण्डे डेक्सा स्क्यान
डा. दीपेन्द्र पाण्डे
लेखक
डा. दीपेन्द्र पाण्डे
वरिष्ठ हाडजोर्नी सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२८७ एमबीबीएस, एमएस (अर्थोपेडिक) फेलोसिप इन ट्रमा (बंगलादेश) राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

8 Stories
८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

- अनलाइनखबर २०८१ असोज १३ गते १३:००
7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०

फिचर

सनस्क्रिन किन लगाउने ?

सनस्क्रिन किन लगाउने ?

स्लीप स्टडी टेस्ट किन गरिन्छ ?

स्लीप स्टडी टेस्ट किन गरिन्छ ?

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?