+
+
बाढी–पहिरो कहर :

पनौतीमा ५ जनाको मृत्यु, १२ बेपत्ता

३ सय बढी घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १४:०५

१३ असोज, काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ठूलो जनधनको क्षति भएको छ ।

मेयर रामशरण भण्डारीका अनुसार नगरपालिकामा १७ जना बेपत्ता भएकोमा अहिलेसम्म ५ जनाको शव फेला परेको र १२ जनाको खोजी कार्य भइरहेको छ ।

‘नगरपालिकाको १२ नम्बर वडामा ठूलो क्षति पुगेको छ । रोशीको बजार क्षेत्र रोशी खोलाले बगाएको छ,’ उनले भने, ‘नगरपालिकाभित्र ३ सयभन्दा बढी घरमा बाढी र पहिरोका कारण क्षति पुगेको छ । पशु चौपायाको कति क्षति भयो भन्ने यकिन विवरण छैन ।’

खोपासी जलविद्युत आयोजनको ड्याम क्षेत्रमा रोशी नदीको बाढीले ठूलो क्षति पुगेको छ । रोशीको माथिल्लो क्षेत्रमा रहेको खानी र क्रसरबाट बाढीसँगै बगेर आएको गेग्रानले पनौती नगरपालिका १२ मल्पीभन्दा तलको रोशी बजार पूर्णरूपमा क्षति पुगेको हो । खोपासी जदविद्युत् आयोजनाको बाँध क्षेत्रमा रहेको बजारका पक्की घरहरू नै रोशीको बाढीले तहसनहस बनाएको छ ।

त्यसैगरी नगरपालिकाका ११, १ र २ नम्बर वडामा पनि क्षति पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, नगरपालिको विपद् व्यवस्थापन टोली र स्थानीय समेत मिलेर रोशीले बगर बनाएको क्षेत्रमा खोजी र उद्धार कार्य भइरहेको मेयर भण्डारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?