+
+

राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने रास्वपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १६:०१

१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तय गरेको हो । असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा राष्ट्रिय भेलाको समीक्षा समेत भएको छ । भेला सोचे भन्दा व्यवस्थित भएको र सहभागी पनि अपेक्षा गरिए भन्दा धेरै भएको भन्दै उनले भने, ‘यो हाम्रो पार्टीका लागि टर्निङ प्वाइन्ट भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?