+
+

कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १६:२२

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितहरुलाई दिने भएका छन् ।

कांग्रेस संसदीय दल, कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको १५ दिनको पारिश्रमिक राहतका लागि सरकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी लगायतका आवश्यक पूर्वाधार यथाशिघ्र पुनःर्निर्माण गर्न सरकारलाई अनुरोध गरेको छ । साथै बाढी पहिरोमा परेर घरबारविहीन भएकाहरुको उचित पुनस्र्थापना गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?