+
+

हवाइ भाडा घटाउन राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १७:१४

१३ असोज, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले हवाइ भाडा घटाउन निर्देशन दिएको छ ।

अत्याधिक वर्षाका कारण सिर्जित संकटका बेला विमानसेवा कम्पनीहरुले आफूखुशी भाडा लिएको भन्दै समितिले भाडा घटाउन सरकारलाई निर्देशन दिएको हो ।

‘बैठक राख्नलाई कोरम पुगेन । त्यसैले सभापतिको निर्देशानुसार भनेर आदेश दिइएको छ’, सभापति रामहरी खतिवडाले अनलाइनखबरसँग भने ।

बाढी र पहिरोका कारण सडकहरु भत्किएको अवसर पारेर बढाइएको हवाइ भाडा नियन्त्रणमा लिन समितिले निर्देशन दिएको छ ।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवातजावातको विकल्पको रुपमा रहेको हवाइ यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफु खुसी हवाइ भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ’ समितिको पत्रमा लेखिएको छ, ‘तसर्थ हवाइ भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध छ ।’

हेर्नुहोस् राज्‍य व्‍यवस्था समितिको निर्देशन :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?