+
+

सुकुम्बासी बस्तीमा ओभानो केही छैन (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ असोज १३ गते १७:२२

१३ असोज, काठमाडौं । काठमाडौंको टेकु दोभान नजिकै पर्ने रानीघाटस्थित सुकुम्बासी टोलमा आइतबार बिहान पुग्दा पानी अझै सुकेको थिएन ।

भित्र बाहिर सबैतिर हिलाम्ये थियो । यहाँका बासिन्दा ओभानो ठाउँ खोजेर सर्ने विचारमा थिए । तर जताततै भिजेकाले कहाँ जाने भन्ने अन्योलमा परेका थिए । सार्न मिल्ने सामानहरु जम्मा पार्दै थिए ।

कोही भने घरभित्रबाट भिजेका सामान र लुगाफाटो झिकेर सुकाउँदै थिए । घरको हिलो पखाल्दै थिए । काठमाडौं महानगरपालिकाको एक टोली एउटा डोजरसहित त्यस क्षेत्रमा सरसफाइमा सहयोग गर्न पुगेको थियो ।

यही बस्तीकी पवित्रा मगर पनि आइतबार बिहान १० बजे आफ्नो घर आइपुगिन् । ठूलो पानी आउँछ भन्ने सुनेपछि उनी शुक्रबार राति भक्तपुरमा छोरीको घर गएकी थिइन् ।

आइतबार कान्छी छोरी र आफन्तको सहयोगमा उनी घरभित्रका सामान मिलाउँदै थिइन् । लेदोसहितको बाढीले घर डुबाएका कारण धेरै सामान काम नलाग्ने भएको उनले बताइन् ।

हेर्नुहोस् तस्वीरहरु :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?