+
+

नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आयो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १७:४२

१३ असोज, काठमाडौं । वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएर आइतबार दिउँसो साढे १ बजेबाट राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताए ।

उनका अनुसार खुर्कोट मुलकोट शनिबार राति नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक मुलकोट सडक खण्ड पनि खुलाइएको उनले बताए ।

अहिले अल्पकालिन रुपमा सडक सञ्चालन ल्याइएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभागका डोजहरुको प्रयोग गरेर सडक सञ्चालनमा ल्याइएको उनले बताए ।

सडक सञ्चालनमा आएसँगै नेपालथोकबाट सिन्धुलीतर्फ आएर गाडीहरु आ–आफ्नो गन्तव्यमा जान सुरु गरेका छन् । वर्षा रोकिए पनि आइतबार मात्रै सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा सडक भाँसिएको छ । उक्त ठाउँमा सानो डाइभर्स बनाएर सडक सञ्चालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?