+
+

काभ्रे ज्याम्दीमा ५० घर पहिरोको जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १७:४३

१३ असोज, काठमाडौं । गत बिहीबारदेखि भएको भारी वर्षातले काभ्रेपलाञ्चोक जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढी र पहिरोमा परी घाइते भएका र सडक अवरुद्ध हुँदा तीन दिनदेखि सडकमै अलपत्र परेकालाई नेपाली सेनाको तीन वटा हेलिकप्टर मार्फत उद्धार गरिरहेको छ ।

तीन दिनसम्म लगातार परेको भारी वर्षातले जिल्लाका कयौँ बस्ती पहिरोमा परेका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका–१२ का करिब ५० घर पहिरोमा परेर जोखिमपूर्ण अवस्थामा रहेको उपमेयर उपप्रमुख विष्णुमणि पौडेलले बताए ।

मण्डन देउपुर नगरपालिकाको १२ नम्बर वडा (साविक ज्याम्दी गाविस) को माथिल्लोे भेगमा भारी वर्षाका कारण जमिन धसिँदै जाँदा ५० घर जोखिममा परेको हो ।

केही घर भत्किएका छन् भने जमिन धसिँदै गएर पहिरोको रूप लिदा गाउँ नै विस्थापित भएको हो । बाघदेवी माध्यमिक विद्यालय नजिकै रहेको बिस्कुटे बस्तीदेखी भुम्लु गाउँपालीकासँग सीमा जोडिएको कोलाचौर भन्ने स्थानसम्म माथि डाँडोबाटै जमिन धसिँदै जाँदा त्यसले केही स्थानमा पहिरोको रूप लिएको छ भने केही स्थानमा जमिनसँगै घरहरू समेत धसिँदै गएको छ । मण्डन देउपुरको १२ नम्बर वडामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।

नगरपालिकामा अहिलेसम्म ७ जनाको मृत्यु भएको र ७ जनाकै शव निकालिएको मेयर टोकबहादुर वाइबाले बताए । १० नम्बर वडामा २, ११ मा ४ र १२ मा एक शव निकालिएको उनले बताए ।

भुम्लु गाउँपालिकाको ९ नम्बर वडामा पनि एक जनाको मृत्यु भएको र पहिरोले धेरै स्थानमा गाउँ विस्थापित हुने अवस्था रहेको वडाध्यक्ष दलबहादुर तामाङले बताए ।

त्यस्तै पाँचखाल नगरपालिकाका विभिन्न स्थानमा पहिरोका कारण गाउँ नै जोखिममा छन् । स्थानीयलाई समयमै सुरक्षित स्थानमा सार्दा मानवीय क्षति नभएको नपरपालिकाका मेयर महेश खरेलले बताए ।

नगरपालिकाको वडा नम्बर ८ मा ठूलो क्षति भएको उनले बताए । वडाध्यक्ष सञ्जय तामाङसहितको टोली र नेपाली सेनाले उद्धार गरिरहेको उनले बताए । यस्तै अरनिको राजमार्गमा खसेको पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?