+
+

नेपाल एयरलाइन्सले टिकट लिएर उड्न नपाएका यात्रुसँग थप शुल्क नलिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १७:५९

१३ असोज, काठमाडौं । नेपाल एयरलाइन्सले शुक्रबार (२७ सेप्टेम्बर) देखि बुधबार (२ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ ।

अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो ।

सोही अनुसार यात्रुसँग थप शुल्क नदिने निर्णय भएको नेवानिका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार सो सुविधा ११ अक्टोबर (२६ असोज) सम्म उपयोग गरिसक्नु पर्ने समेत निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?